अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनकामना दर्शन गरेर फर्कँदै गरेका गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

मनकामना दर्शन गरेर फर्कँदै गरेका गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते


मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने १४ यात्रु घाइते भएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा आज बिहान ११:३० बजे दुर्घटना भएको हो।

चितवनबाट १५ जना यात्रु बोकेर भ्यान तीर्थयात्री लिएर मनकामना गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १५ जना यात्रु मध्ये एक जनाकाे मृत्यु भएको र अन्य अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो।