अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, धेरै सिट जित्ने तयारीमा लागौं: सभापति देउवा

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, धेरै सिट जित्ने तयारीमा लागौं: सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संविधान अनुसार एक्लै बहुमत ल्याउन गाह्रो रहेको बताउनु भयो।

चुनावमा एउटा मात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै सभापति देउवाले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने बताउनु भयो।

सभापति देउवाले भन्नुभयो, ‘भोलिका दिनमा हुने चुनावमा हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ। धेरै काम गर्न सकिन्छ । तर, संविधान अनुसार सहज छैन। त्यसैले हामी एकताबद्ध भएर लाग्नुपर्छ। अहिले पनि हामी ठूलो पार्टी छौँ।’

सभापति देउवाले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताउनुभयो । ‘हामी बीचमा कतिपय कुरा नमिलेका हुन सक्छन्। यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,’ सभापति देउवाले भन्नुभयो।

सभापति देउवाले वर्तमान सरकार सफल हुने दाबी समेत गर्नुभयो। सत्तामा प्रमुख दल कांग्रेस–एमाले भएपनि अन्य दलको पनि सहभागी हुने राम्रो कुरा भएको उहाँले बताउनु भयो।