अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको टिकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यासको ज्वाला

ललितपुरको टिकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यासको ज्वाला


काठमाडौँ-ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ। खानेपानीको लागि बोरिङ गर्दा ग्याँस निस्केको हो।

घटनास्थलमा प्रहरी र नगर प्रहरी पुगेका छन् । ग्यासबाट आगो बलिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभनाउन नसकेको जनाएको छ। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।

भूमिगत ग्यासको कारण त्यहाँबाट आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ।