अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तीन दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढ्यो

तीन दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढ्यो


काठमाडौँ-सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू. २५ बढेको हो।

सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू.एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यसैगरी आज चाँदी प्रतितोला रू.एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।