अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भालिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले लगायो ह्विप

भालिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले लगायो ह्विप


काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ।

भोलिको बैठकमा अध्यादेश पारित गर्नको लागि पेश गर्ने भएकाले कांग्रेसले पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो।

‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ।

त्यस्तै, नेकपा एमाले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ।

सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्‌मा पेस गर्दैछ।

यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश 
-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१

– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ 

– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१