काठमाडौँ-प्रतिनिधिसभाको बैठक २०८१ फागुन २१ गते बुधबार बस्ने भएको छ। आज मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो।
माघ १८ गते संसद्मा पेस भएका ६ अध्यादेशमध्ये पाँच वटा मात्रै निर्णयार्थ पेस हुनेछ। यसका लागि दलहरूले सहमति गरिसकेका छन्। दलहरूले सहमति गरेपछि आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीमा समावेश गरेका हुन्।
यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश
-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१
– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१








प्रतिक्रिया