अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे


काठमाडौँ-नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान बिजुक्छे पुनः निर्वाचित हुनुभएको छ। भक्तपुरमा भएको पार्टीको आठौं महाधिवेशनले बिजेक्छेलाई सर्वसम्मत गरेको हो।

आठौं महाधिवेशनले बिजुक्छेको अध्यक्षमा ३३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ। सचिवमा प्रेम सुवाल चयन हुनुभएको छ। बिजुक्छे चार दशकभन्दा बढी समयदेखि पार्टी अध्यक्ष हुँदै आएका छन् । त्यस्तै कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई चुनेको छ।

केन्द्रीय सदस्यहरुमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, सुरेन्द्रराज गोसाई, रबिन्द्र ज्याख्य, अनुराधा थापा मगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सूजना सायजू चयन हुनु भएको छ।

त्यस्तै सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छे, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की, खड्गराज शाही सदस्य छन् । वैकल्पिक केन्द्रीय सदस्यमा मन्जु चौधरी, विनोद विक, तुलसी खड्का र प्रकाश गुरुङ छन् ।