अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठक बस्दै


काठमाडौं-संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशक, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्षलाई आमन्त्रण गरिएको छ। बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।