अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु


काठमाडौं-प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

आजको बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ। सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो। पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो। 

यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश 
-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१

– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ 

– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१