अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुखानीबाट गुरु बरालले भन्नुभयो: सहिदको सपना एमालेबाहेक कसैले पूरा गर्न सक्दैन

सुखानीबाट गुरु बरालले भन्नुभयो: सहिदको सपना एमालेबाहेक कसैले पूरा गर्न सक्दैन


झापा-नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पूरा गर्न नसक्ने बताउनुभएको छ।

नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उपाध्यक्ष बरालले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो। सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पूरा हुने बताउँदै उपाध्यक्ष बरालले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभयो।

माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३औं सहिद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भन्नुभयो, ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु मुलुप्रवाहमा समाहित हुनुहोस्।’

नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने सहिदहरुको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउने अवस्था छ, उहाँले भन्नुभयो, ‘अरुले खुट्टा लरबराउन सक्छन्, बाटो विराउन सक्छन्। गन्तव्यहिन यात्रा रोज्न सक्छन् । एमाले सहिदको सपना पुरा गर्न सधैं प्रतिवद्ध भई लागिरहनेछ।

नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउदै कमजोरी रहेको अवस्थामा सच्याएर जानुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनको चरणमा कुनै कमजोरीहरु रहेको खण्डमा सच्याएर जाने सकिने धारणा व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली कांग्रेससँग प्रतिष्पर्धा र सहकार्य रहने बताउनुभयो।

कार्यक्रममा नेत्र घिमिरेको छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै स्वार्थ नरहेको बताउनु भएको छ। विगतमा सबैखाले समस्याहरु भोगियो, अब जनताको सुख नै सहिद परिवार एक मात्र स्वार्थ हुने उहाँको धारणा छ।

सुखानी सहिदहरुको प्रेरणाले नै लाखौं नेपालीहरु नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्न सफल भएको उहाँको भनाई छ। उहाँले सहिदले देखाएको बाटो नभुल्न आग्रह गर्दै जनताको चहानालाई प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरु दाहाल, घिमिरे, कुइँकेल, राजवंशी र श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो।