काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मानव अधिकार तथा संक्रमणकालिन न्याय सल्लाहकारमा पूर्वमन्त्री अग्नी खरेल नियुक्त हुनु भएको छ ।
हिजोको मन्त्रिपरिषदको बैठकले खरेललाई सो पदमा नियुक्तीको निर्णय गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य खरेल प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा महान्याधिवक्ता हुनुहुन्थ्यो । २०७२ सालमा उहाँ कानुन मन्त्री हुनुहुन्थ्यो । २०६४ र ०७० का दुवै संविधानसभाका सदस्य हुनुहुन्थ्यो ।
खरेलल २०७९ को निर्वाचनमा झापा १ बाट प्रतिनिधिसभाका लागि उम्मेद्वार समेत हुनुहुन्थ्यो । खरेललाई मन्त्रि सरहको सुविधा दिने निर्णय भएको छ ।






प्रतिक्रिया