अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा


काठमाडौं-सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाएका डा. देवकोटाले आजै कार्यभार सम्हाल्नु हुने छ।

बढुवा समितिले स्वास्थ्य सचिवका लागि देवकोटासँगै डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो। नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने उल्लेख छ ।