अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल बार एसोसिएसनको निर्वाचन: कांग्रेस-एमाले गठबन्धन

नेपाल बार एसोसिएसनको निर्वाचन: कांग्रेस-एमाले गठबन्धन


काठमाडौं-नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन्।

अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला साझा उम्मेदवार बन्ने भएका हुन् ।

आजै उम्मेदवारी दर्ता गरिने जनाएको छ। बारको निर्वाचनबाट २५ सदस्यीय कार्यसमिति चुनिन्छ।  

आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।