काठमाडौं -राजश्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलले विद्युतीय चुरोट (भेप)को अवैध कारोवार गरी राजश्व चुहावट गरेको आरोपमा काठमाण्डौंको डाइमण्ड इन्टरनेशनलका प्रोप्राइटर सुमन पराजुली समेत ४ जना विरुद्द उच्च अदालत तुलसीपुर, बुटवलमा अभियोग पत्र दायर गरेको छ ।
राजश्व अनुसन्धान विभागले एक विञप्ती प्रकाशन गरी सो जानकारी दिएको छ । विज्ञप्तीमा जनाइए अनुसार उक्त संस्थाको विल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्जलाई बेचेको देखाइ १०० वटाको विल काटि २६०० वटा भेप नेपालगञ्ज पठाउने र त्यहाँबाट महंगोमा वेच्नको लागि भारत तर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ। किन्ने र बेच्ने फर्महरुका तर्फबाट फर्मवालालार्इ मुख्य प्रतिवादी बनाइएको छ विञप्तीमा उल्लेख छ । उनीहरुलार्इ राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ.ऐ. ऐनको दफा ४ को खण्ड ख, छ, झ बमोजिमको कसुर गरेकाले सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई ६२ लाख ७१ हजार ६ सय ७६ रुपैया विगो कायम गरिएको छ ।
साथै सोही मुद्दामा प्रतिवादीहरु डाइमण्ड इन्टरनेशनलका तर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगंज, बाकेंका तर्फबाट कारोबारी सनाउल्ला अंसारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा विलहरुको समेत दुरुपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको अभियोग पत्रमा उल्लेख छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २३को उपदफा ३ बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही ३१ लाख ३५ हजार ८ सय ३८ रुपैयाँ माग दावी लिई उक्त अभियोगपत्र दायर भएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आन्तरिक राजश्व कार्यालयको प्रमुखको रुपमा गत कात्तिक देखि विवेक घिमिरेले जिम्मेवारी सम्हालेपछि सो क्षेत्रबाट हुँदै आएको तस्करी र राजश्व छली नियन्त्रणका लागि कार्यलय आक्रमाक रुपमा लागेको छ । यस कार्यलय अन्तरगत दुई ठुला नाकाहरु सुनौलो र रुपौडिया पर्दछन् ।। रुपन्देही र नेपालगञ्जमा पर्ने यी नाका बाहेक परासी,कपिलवश्तु,दाङ तथा बर्दीयाका ठुला साना खुला सिमानाबाट भइरहेको तस्करी र राजश्व छलीमा कार्यलय आक्रमक रुपमा प्रष्तुत हुँदा राजश्व वृद्धिमा पनि उल्लेख्य सुधार हुन थालेको छ ।
कार्यलयले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठ यस्तो छ –
इलेक्ट्रिक सिगरेट (भेप) तस्करी गर्ने विरुद्द मुद्दा दायर
राजश्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देही मार्फत भ्ीँद्यब्च् च्ब्थ्ब् म्घम्ष्कउयकबदभि एयम म्भखष्अभ (भेप) को अवैध कारोवार गरी राजश्व चुहावट गरेको कसुर सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवादी काठमाण्डौंको डाइमण्ड इन्टरनेशनलका प्रोप्राइटर सुमन पराजुली समेत ४ जना विरुद्द उच्च अदालत तुलसीपुर, बुटवल इजलाशमा अभियोग पत्र दायर गरेको छ । उक्त संस्थाको विल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगंज, बाकेंलाइ बेचेको देखाइ १०० वटाको विल काटि २६०० भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगंज पठाउने र त्यहाँबाट महंगोमा वेच्नको लागि भारत तर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ। किन्ने र बेच्ने फर्महरुका तर्फबाट फर्मवालालाइ मुख्य प्रतिवादि बनाइएको छ। उनीहरुलाइ राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ।ऐ। ऐनको दफा ४ को खण्ड ९ख०, ९छ०, ९झ० बमोजिमको कसुर गरेकाले निज प्रतिवादीहरु सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई रु। ६२,७१,६७६।( ९अक्षरूपीः बैसठ्ठी लाख एकहत्तर हजार छ सय छयहत्तर रुपैया मात्र० विगो कायम गरी ऐ।ऐ। ऐनको दफा २३ ९१० बमोजिम मालबस्तु ९विगो० जफत हुन तथा विगो बमोजिमको जनही रु। ६२,७१,६७६।( ९अक्षरूपीः बैसठ्ठी लाख एकहत्तर हजार छ सय छयहत्तर रुपैया मात्र० जरिवाना हुन र ऐ।ऐनको दफा २३९१०९क० बमोजिम हदै सम्मको कैद सजाय हुन मागदावी लिई उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको हो।
साथै सोही मुद्दामा प्रतिवादीहरु डाइमण्ड इन्टरनेशनलका तर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगंज, बाकेंका तर्फबाट कारोबारी सनाउल्ला अंसारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा विलहरुको समेत दुरुपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिँदा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा २३को उपदफा ९३० बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही रु। ३१,३५,८३८।( ९अक्षरूपीः एकत्तिस लाख पैँत्तिस हजार आठसय अड्त्तीस रुपैयाँ मात्र०मागदावी लिई उक्त अभियोगपत्र दायर भएको हो।
मुख्य प्रतिवादि बनाइएका पराजुली र जोलाहलाइ पटक पटक पत्राचार गरी सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन भने कारोवारमा संलग्न मतियारहरु भने करिव ९० दिन देखि हिरासतमा राखि अनुसन्धान गरिएको थियो। निजहरु विच पटक पटक दोहोरो तेहोरो सम्पर्क भएको तथा अधिकारिक कारोवारको अभिलेख नभेटिएको तथा बेच्नेले कहिबाट खरिद गरेको स्रोत समेत प्रस्तुत गर्न सकेको अवस्था नरहको कार्यालयले जनाएको छ।
विगत देखि भेप कारोवार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको श्रृङखाको रुपमा राजस्व अनुसन्धान विभागबाट एक लाख भन्दा बढि भेप विभिन्न ठाँउबाट वरामद गरी कारवाही भइरहेको छ। भेप तस्करीमा अनुचित तथा गैरकानुनी फाइदा धेरै रहेको कारण यसमा अकर्षण बढेको हुन सक्ने अनुसन्धानकर्ताको असंका छ। कानूनी प्रक्रिया पुरा गरी भन्सार गरेर ल्याउन पाउने भए पनि ४०५ भन्सार, ४०५ अन्तशुल्क र १३५ मुल्य अभिबृद्धि कर गरी ९३५ कर लाग्ने र खरिद मुल्यको झन्डै दोवर मुल्य पर्ने भएकोले पनि करछलि गर्ने तर्फ तस्करहरु जोखिम उठाउन थालेको देखिन्छ। कर प्रशासनमा विभिन्न प्रकारका भेपलाइ कर संवेदनशिल वस्तुका रुपमा लिने गरिएको छ।
प्रतिक्रिया