काठमाडौं-करिब ६ महिना अघि देखि साइवर क्राइमको मुद्धा खेपिरहेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई अदालतले सफाइ दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको बुधबारको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई सफाइ दिएको हो ।
मिडियामा प्रकाशित समाचारको विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल रहेको अदालतको व्याख्या रहेको बस्नेतको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद पंगेनीले बताउनुभयो ।
‘राजनीतिक पूर्वाग्रह साँध्नमात्र क्षेत्राधिकारभन्दा बाहिर गएर मुद्दा लगाइएको पंगेनीको भनाइ छ ।
वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, वरिष्ठ अधिवक्ता रामबहादुर खड्का, अधिवक्ताहरू रामचन्द्र पौडेल, योगेन्द्रबहादुर थापा, चेतबहादुर थापालगायत बस्नेतको पक्षबाट बहस गरेका थिए ।
जनता टाइम्स डट कममा प्रकाशित समाचारको विषयमा बस्नेत माथी मुद्दा चलाइएको थियो ।






प्रतिक्रिया