अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली आज सुर्खेत जानुहुँदै, प्रदेश सभालाई सम्बोधन लगायत चारवटा कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री ओली आज सुर्खेत जानुहुँदै, प्रदेश सभालाई सम्बोधन लगायत चारवटा कार्यक्रममा सहभागी हुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतका विभिन्न कार्यक्रममा सहभागी हुन आज सुर्खेत जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार विहान ११.३० बजे मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई सो विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले दिक्षित गर्नुहुनेछ । यसैगरी दिउसो २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री ओलीले ३.३० बजे वीरेन्द्रनगरमा निर्माण भएको मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गर्नुहुनेछ । अपरान्ह् ४ बजे वीरन्द्रनगरमा निर्माण भएको रंगशालाको निरीक्षण गर्नुहुनेछ ।
कार्यक्रमका लागि विहान १०.३० सुर्खेत प्रस्थान गर्ने र अपरान्ह ४.३० बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ