अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

साँखुको आश्रय स्थलमा ट्रिपरले ठक्कर दिंदा तीनजनाको मृत्यु

साँखुको आश्रय स्थलमा ट्रिपरले ठक्कर दिंदा तीनजनाको मृत्यु


काठमाडौं -काठमाडौंको शंकरापुर नगरपालिका ६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ।

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३.४० बजे बा २ क ६५८० टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुुभयो।

आश्रयस्थलका १० जना सुतिरहेको टहरामा अनियन्त्रित भएको टिपर छिरेको थियो।

टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन गम्भीर घाइते भएका थिए।

उनीहरूलाई प्रहरीले उद्धार गरी नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा निज तीनै जनालाई ४.३३ बजे अस्पतालले मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिनुभयो।