अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक आज पनि बस्दै

राष्ट्रियसभाको बैठक आज पनि बस्दै


काठमाडौँ-राष्ट्रिय सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १:१५ बजे बस्न लागेको हो।  

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९-८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। 

यस्तैगरी, अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ  कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’  दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।