अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन २७ गते प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्नुहुने

फागुन २७ गते प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते कोशी प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ।

कोशी प्रदेश सरकारको‌ आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका  प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीले जानकारी दिनुभयो।

सरकारले कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ। मन्त्रिपरिषदको बैठकले रु.८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको कानुन मन्त्री एवं सरकारका प्रवक्ता भण्डारीले बताउनुभयो। उहाँले यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने बताउनुभयो।

त्यस्तै प्रदेशमा आउनुभएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्न खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिनुभयो।

मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ। त्यस्तै कोशी पर्यटन वर्ष को लागि विनियोजित गरेको रकमको स्रोतगत बाँडफाड गर्ने निर्णय समेत गरेको छ।