अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

७ दमकल परिचालन गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी [अपडेट]

७ दमकल परिचालन गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी [अपडेट]


काठमाडौं-काठमाडौँको चन्द्रागिरि नगरपालकिा-१० बोसीगाउँस्थित आरएमबी प्लाष्टकि प्याकेजङि हाउस (कवाड कारखाना)मा आज आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको थियो।

आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ। आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी  परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो। 


सातवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट प्रभागबाट ३२ जनाको टोली खटिएको थियो।

आगो नभिाउन चन्द्रागिरि नगरपालिका, बिशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल गरी सातवटा दमकल र १५ पानी ट्यांकर प्रयोग गरएिको थियो।

कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको वविरण आउन बाँकी रहेको छ।