अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्यालिएको राजतन्त्रको नाममा मूल्यवान् समय खेर नफालौँ: महासचिव पोखरेल

फ्यालिएको राजतन्त्रको नाममा मूल्यवान् समय खेर नफालौँ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मरिसकेको राजतन्त्रको पछाडि नदौडन आग्रह गर्नुभएको छ।

जनआन्दोलनबाट फ्यालिएको राजतन्त्र अब नेपालमा फर्कने कुनै सम्भावना नरहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न पनि आह्वान गर्नुभएको छ।

‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ’, महासचिव पोखरेलले लेख्नुभएको छ।
महासचिव पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि स्पष्ट पार्नुभएको छ। गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको पोखरेलले उल्लेख गर्नुभएको छ। ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, पोखरेलले लेख्नु भएको छ।