अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली सुर्खेतमा, आजै प्रदेश सभालाई सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओली सुर्खेतमा, आजै प्रदेश सभालाई सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुग्नुभएको छ। आज विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली सुर्खेतको वीरेन्द्रनगर पुग्नुभएको हो।

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई सो विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले दिक्षित गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उहाँ विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन्। 

यसैगरी आजै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी प्रधानमन्त्री ओलीले ३.३० बजे वीरेन्द्रनगरमा निर्माण भएको मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गर्नुहुनेछ । अपरान्ह् ४ बजे वीरन्द्रनगरमा निर्माण भएको रंगशालाको निरीक्षण गर्नुहुनेछ।