अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको वनभोज फागुन २४ गते, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको वनभोज फागुन २४ गते, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले २०८१ फागुन २४ गते शनिवार काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सहित पार्कमा बृहत् वनभोज तथा भेटघाट कार्यक्रमको तयारी पूरा भएको जनाएको छ।

बृहत् वनभोज तथा भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी भएको एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रिता थापाले जानकारी दिनुभयो।

फागुन २४ गते अर्थात् भोलि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सहित पार्कमा आयोजना गरिने वनभोज कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि, नेकपा एमालेका पोलिटब्यूरो सदस्य, एमाले उदयपुर जिल्ला इन्चार्ज एवं पूर्व शहरी विकास राज्यमन्त्री मन्जु कुमारी चौधरी विशेष अतिथि रहनुहुने मञ्चका अध्यक्ष थापाले बताउनुभयो ।

यसैगरी कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटिका नेताहरु, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, कोशी प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटीका नेताहरु, अन्य जिल्लाका नेता, कोशी प्रदेश सम्पर्क कमिटिका पदाधिकारी एवं सदस्यहरु, विभिन्न जनवर्गीय भातृ सङ्गठनका नेताहरु, कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरु, अन्य राजनीतिक दलका नेताहरु, नगरपालिका र पालिकाका जनप्रतिनिधिहरु, कोशी प्रदेशअन्तर्गतका सम्पर्क मञ्चका पदाधिकारी, उदयपुर–काठमाडौँ सम्पर्क मञ्चका सल्लाहकारहरु, पालिका तहको नेताहरु एवं सामाजसेवी, बुद्धिजीवि, व्यावसायी, कलाकार, शिक्षक, वकिल, पत्रकार, विद्यार्थी, कर्मचारी, मजदुर साथै बुवाआमा दिदीबहिनी, दाजुभाइ र एमाले शुभेच्छुक, शुभचिन्तकहरू सहभागी रहने अध्यक्ष थापाले बताउनुभयो।

उदयपुरकै स्थानीय एवं राष्ट्रिय स्तरको कलाकारहरुमार्फत रचनात्मक एवं मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक प्रस्तुती हुने भएकोले बृहत् वनभोजमा सहभागी भइ भव्यता साथ सफल बनाइ दिनका निम्ति सम्पूर्ण महानुभावहरुलाई अध्यक्ष थापाले हार्दिक अनुरोध गर्नुभएको छ ।

उदयपुर जन्मघर भइ हाल काठमाडौंमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आउनुभएका समाजसेवी, कर्मचारी, व्यवसायी, कलाकार, विद्यार्थी, विभिन्न पेशा, व्यवसाय, रोजगारी र पढाइका सिलसिलामा एउटै जिल्ला, नगरपालिका, गाउँपालिका र वडा एवं गाउँका नागरिकहरूबीच एक-आपसमा भेटघाट नहुने र चिनजान समेत नुहने भएकाले “एउटै जिल्ला एउटै थलो हामी सबै मिलेर गरौं रमाइलो” भन्ने उदेश्यले बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरिएको एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष एवं सूचना तथा स‌ञ्चार विभागका संयोजक खड्गबहादुर मगरले बताउनुभयो।

विगत वर्षमा गर्दै आएको निरन्तरतालाई यस वर्ष पनि सम्पूर्ण महानुभावहरुलाई एकै ठाँउमा भेला भइ एक दिन भए पनि दुःख-सुख साटासाट गर्ने गरी २०८१ फागुन २४ गते शनिवार गोकर्णेश्वर नगरपालिकास्थित सहित पार्कमा एकता सहयोग रचनात्मक कार्य गर्दै सामाजिक सद्भाव कायम गरौं, भातृत्व निर्माण, भावना साटासाट, सांगठनिक, सहअस्तित्व र भाइचाराको सम्बन्ध स्थापित गर्ने एवं संगठन सुदृढिकरण गर्नका निम्ति मैत्रीपूर्ण वनभोज कार्यक्रम गर्न लागिएको उपाध्यक्ष मगरले बताउनु भयो।

वनभोज कार्यक्रममा ३०० देखि ५०० जनाको उपस्थिति रहने एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका सचिव होम डाँगीले जानकारी दिनुभयो। वनभोज स्पोटसम्म जान र आउन सजिलो होस् भन्ने उदेश्यले काठमाडौंको विभिन्न ठाँउबाट यातायातको व्यवस्था समेत गरिएको मञ्चका सचिव डाँगीले बताउनुभयो।

सचिव डाँगीले वनभोजमा सहभागी भइदिनका लागि हार्दिक अनुरोध गर्दै भन्नुभयो, ‘उदयपुरबाट काठमाडौँमा आएर अस्थायी वा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका एमाले सबै तह र तप्कामा नेतृत्व गरिरहनु हुने आदरणीय नेतागणहरु एमालेलाई साथ, समर्थन र माया गर्नुहुने सम्पूर्ण शुभेच्छुक तथा शुभचिन्तक मानुभावहरुलाई २०८१ फागुन २४ गते शनिवारका दिन वनभोज स्पोट कार्यक्रमसम्म जान-आउन काठमाडौँको गुर्जुधाराबाट कलंकी, बनस्थली, बालाजु, नयाँ बसपार्क महराजगन्ज, चाबेल, जोरपाटी हुँदै वनभोज स्थलसम्म गाडीको व्यवस्था गरिएको जानकरी गराउँदछु। यो रुटबाट जानुहुने माहनुभावहरुले (मोबाइल नम्बर: ९८४६६४५०७८) सम्पर्क मञ्चका सदस्य सन्दिप मगरलाई सम्पर्क गर्न सक्नुहुने छ।  यसैगरी, बल्खु, धोबिघाट, नख्खु, सातदोबाटो, ग्वर्को, कोटेश्वर, सिनामंगल, गौशला, चाबेल, जोरपाटी हुँदै जाने गाडीको रुटको व्यवस्था गरिएको जानकारी गराउँदछु। सो रुटका लागि मोबाइल नम्बर ९८५१०९४९०५ मा सम्पर्क गर्नका लागि हार्दिक अनुरोध गर्दै गाडी बिहान ७ बजे छुट्ने पनि जानकारी गराउँदछु।’