काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमबाट ‘प्रधानमन्त्री’ भन्ने शब्द हटाउने बताउनु भएको छ।
कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि कार्यक्रमका अघि प्रधानमन्त्री, मुख्यमन्त्री, नगरप्रमुख जस्ता कार्यक्रम जोड्नु जरुरी नभएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता कार्यक्रमलाई राष्ट्रिय रोजगार कार्यक्रमको रुपमा रुपान्तरण गर्नु उपयुक्त हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले कार्यक्रमका अघि थपिएका पदहरुलाई हटाउन आफैंबाट सुरु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओली अहिले प्रदेश सभालाई सम्बोधन गरिरहनु भएको छ।








प्रतिक्रिया