अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित

एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित


विराटनगर-नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित हुनुभएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न १० औँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार ४४६ मत प्राप्त गरी राई अध्यक्षमा निर्वाचित हुनुभएको हो।

राईले ४४६ मत ल्याएर विजयी हुँदा अर्का अध्यक्षका प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत पाउनुभयो । मतदान प्रक्रियाबाट भएको निर्वाचनमा उपाध्यक्षमा सागर थापा निर्वाचित हुनुभएको छ। त्यस्तै सचिवमा सोमराज थापा निर्वाचित हुनुभएको छ। उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित हुनुभएको छ ।

 यस्तो छ मत परिणाम 

अध्यक्ष

अजम्बर राई : ४४६

राजकुमार ओझा :  ४०७

उपाध्यक्ष

सागर थापा : ४२२

शान्ति लिम्बू : ३९१

सचिव

सोमराज थापा : ४६२

रवीन थापा : ३६८

उपसचिव

सन्तोष वान्तवा : ४९०

इर्जालाल राजवशीं : ३११

उपसचिव महिला

उषा झा : ४१८

शिल्पा कार्की : ४०५

२०८१ फागुन १७ गतेबाट सुरु भएको एमाले मोरङको अधिवेशनमा सहमति हुन नसकेपछि चुनावमार्फत नेतृत्व चयन गरिएको थियो। कोशी प्रदेशका अधिकांश नेताहरुको साझा उम्मेदवार पराजुली नेतृत्वको टीमलाई ढकालको टीमले क्लिनस्वीप गरेको हो।