अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यको प्राथमिकतामा महिला अधिकार र शसक्तिकरण पर्न थालेको छ : पूर्वराष्ट्रपति भण्डारी

राज्यको प्राथमिकतामा महिला अधिकार र शसक्तिकरण पर्न थालेको छ : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार प्राप्तीलाई सदुपयोग र सम्मान गर्दै थप अधिकार प्राप्तीका लागि प्रयास जारी राख्नु पर्ने बताउनुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा शुभकामना सन्देश दिनुहुँदै भण्डारीले राज्यको प्राथमिकता र दायित्वमा महिला अधिकार र शसक्तिकरण पर्दै गएकोमा खुशी व्यक्त गर्नुभएको छ ।
भण्डारीले सन्देशमा लेख्न्नु भएको छ ‘ ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक शुभकामना । आज राज्यको प्रमुख प्राथमिकता र दायित्वमा महिला अधिकार तथा सशक्तिकरण पर्दै जानु सम्पूर्ण नेपाली महिलाको लागि खुशीको कुरा हो । प्राप्त अधिकारीलाई सदुपयोग गर्दै समानता र सम्मानको लागि अथक प्रयास जारी राख्न म सबैमा आग्रह गर्दछु ।’