काठमाडौं – प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल निर्वाचित हुनुभएको छ ।
आज अनामनगरमा भएको दोस्रो अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित गरेको छ । प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ र कोषाध्यक्षमा सुरेश जीसी निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष देविका घर्ती मगरले जानकारी दिनुभयो ।
सदस्यहरु ज्योति जीसी, रोशनराज अर्याल, जीबी लामा र मेघराज पहाडी निर्वाचित भएका छन् । चौतारीका ७ भौगोलिक र तीन गैह्र भौगोलिक मध्ये हालसम्म ८ वटा प्रदेशको अधिवेशन भइसकेको छ । जसमा पहिलो पटक महिलाको नेतृत्वमा प्रेस चौतारीको प्रदेश कमिटी गठन भएको हो ।
प्रतिक्रिया