अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजतन्त्र फर्काउँछौँ भन्नेहरूलाई विष्णु रिमालको जवाफ: आठ हजार ६८२ दिनअघि नै खरानी भइसक्यो

राजतन्त्र फर्काउँछौँ भन्नेहरूलाई विष्णु रिमालको जवाफ: आठ हजार ६८२ दिनअघि नै खरानी भइसक्यो


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनताको मुख थुनेर अढाइ सय वर्षसम्म रामराज्यको रट लगाउनेहरूले नै राजतन्त्र खरानी पारिसकेको प्रतिक्रिया दिनुभएको छ।

राजतन्त्र फर्काउनुपर्छ भन्दै राजावादीले अभियान तीव्र पार्दै गर्दा उपमहासचिव रिमालले आइतबार साामाजिक सञ्जाल फेसबुमा लेख्नहुन्छ, ‘यिनीहरू नै थिए त ! अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि २०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहाँ’ जान नदिने जस्ता “राम-राज्य”का संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजा सहित सिङ्गो वंशलाई “उनीहरूद्वारा-उनीहरूका लागि- उनीहरूले नै” खरानी बनाएका हैनन् र ?’

उपमहासचिव रिमाल थप लेख्नुहुन्छ, ‘एयरपोर्ट जाऔँ-स्वागत गरौँ’ भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको ‘गोल्डेन डेज’आयो भन्दै ती ‘डेज’मा ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र ? !’

२०६१ सालमा सुनौला दिन आयो भन्दै २०६३ सालसम्म रजाइँ गरेको नभुल्न पनि उपमहासचिव रिमालले आग्रह गर्नुभएको छ। “रक्त शुद्धता र वंश-परंपरा” नश्लिय पाखण्डको पर्दाफाश गरौं!’ उपमहासचिव रिमाल भन्नुहुन‍्छ, ‘​अंग्रेज़ीमा एउटा भनाई छ नि- फर्गिभ- वट नट फर्गेट!’

पूर्वराजा आज (आइतबार) पोखराबाट काठमाडौँ आउने अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादीहरुले काठमाडौँमा विभिन्न शक्ति प्रदर्शनको तयारी गरेका छन्। पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न काठमाडौँ आउन लाग्नु भएको हो।