अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जरा अभियान

सुनसरीका ९२ वर्षीय वृद्धले एमालेको सदस्यता नवीकरण

सुनसरीका ९२ वर्षीय वृद्धले एमालेको सदस्यता नवीकरण


सुनसरी-सुनसरीका ९२ वर्षिय भवानी पोखरेलले नेकपा एमालेको संगठित सदस्यता नवीकरण गर्नुभएको छ। तीन महिने जरा अभियानकाे क्रममा बाम आन्दोलनको उर्वर र ऐतिहासिक स्थान बलाहाका अगुवा पोखरेल सदस्यता नविकरण गर्नुभएको हो।

पोखरेलसँगै ८० वर्षिय चरा विज्ञ जीवनाथ पोखरेल, ७८ वर्षिय अच्युत खतिवडा, ७५ वर्षिय बुद्धकुमार नेपाल, ७३ वर्षिय गणेश निरौला, ७० वर्षिय मन नारायण श्रेष्ठ,७० वर्षिय श्यामप्रसाद भट्टराई, ७० वर्षिय थानेश्वरी अधिकारी लगायतले सदस्यता नवीकरण गराएका छन्।

यस्तै, अग्रजहरु गोबिन्द पोखरेल,ईश्वरी घिमिरे, हेमराज कोईराला,प्रेम खतिवडा र नयाँ पुस्ताका युवाहरुले समेत पार्टी सदस्यता नवीकरण गरिएका अभियानका प्रमुख अभियान्ता लोकेश निरौलाले जानकारी दिनुभयो।

नेकपा एमालेले तीन महिने जरा अभियान देशैभरि चलाएको छ। सोही अभियानमा विशेष गरी सदस्यता वितरण तथा नविकरण कमिटीहरु पुनर्गठन, भेला बैठक प्रशिक्षणलगायतका कार्यक्रमहरु गाँउ केन्द्रित गरेक छ।

नेकपा एमाले, ईनरुवा-५, वडाकमिटी, सुनसरीले अभिमुखीकरण कार्यक्रममा गरेको छ। कार्यक्रममा प्रमुख अभियान्ता लोकेश निरौलाका अनुसार सुनसरीको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक भुमि ईनरुवाको बलाहामा जारा अभियानको प्रमुख अभियान्ता भएर पार्टी काम गर्न पाउदा आफूलाई गर्वको महसुस भएको र “समृद्ध नेपाल, सुखी नेपाली“को राष्ट्रियआकाँक्षा पुरा गर्नका लागि कसैले चुनौती दिन नसक्ने मजबुत जगमा उभिएको बलियो एमाले बनाउन सम्पूर्ण अग्रज र युवालाई आह्वान समेत गर्नुभयो।