काठमाडौं-नेकपा एकीकृत समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति नै प्रेस चौतारी नेपालमा फर्किएको छ। प्रेस संगठन जिल्लाका सबै नेताहरू प्रेस चौतारी नेपालमा फर्कनु भएको हाे।
आइतबार प्रेस चौतारी नेपाल धनुषको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साह सहितका पत्रकार प्रेस चौतारी नेपालमा फर्कनु भएको हो।

संगठनका जिल्ला इन्चार्ज रुपेश सिंह, सचिव भोला यादव, सहसचिव धीरेश दत्त, कोषाध्यक्षमा दिनेशकुमार साहसहित १५ सदस्यीय कमिटी प्रेस चौतारीमा फर्किनु भएको हो।
उहाँहरूलाई संगठनका महासचिव हीरामान लामा, नेताहरू विश्वमणि सुवेदी लगायतले संगठनमा स्वगत गर्नुभएको छ।
कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव कमल उपाध्याय, पत्रकार महासंघको लेखा संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, केन्द्रीय सदस्य ईश्वरी काफ्ले, अर्जुन क्षेत्री लगायत सहभागी हुनुहुन्थ्यो।






प्रतिक्रिया