उदयपुर-नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिनुभएको छ।
नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीले २०८१ फागुन २५ गते आइतबार आयोजना गरेको तीन महिने जरा केन्द्रित अभियानको उद्घाटन गर्दै नेता राईले संघीयताको मर्म र भावना विपरित भइरहेका सबैखाले हर्कतको एमालेले डटेर सामना गर्ने बताउनु भयो।
नेता राईले भन्नुभयो, ‘केही समयत्ता वाहिर रहनसाथ प्रचण्डले राजावादी, रवि, वालेन लगायतका अराजक झुण्डसँग हिमचिम बढाएर निरन्तर अहिलेको व्यवस्थामाथि नै प्रहार गर्नुभएको छ, त्यो केवल आफै सकिने बाटो मात्र हो।’

‘पछिल्लो समय सधै अस्थिरता र अराजक मच्चाउने झुण्डहरु राजा फर्काउने अभियान छन्,’ नेता राईले भन्नुभयो, ‘राजा, राणा शासन र अहिलेको व्यवस्थामा भएका कामको मूल्यांकन गर्नुस कुन व्यवस्थामा विकास र समृद्धी भए।’ थपे, ‘सबै विकास र समृद्धी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा भएको हो जुन व्यवस्थामा जनता सर्वोपरी छन्।’
‘प्रतिगामी तत्वहरु योजनाबद्ध ढंगले संघीयता र संबिधानको प्रणालीलाई उल्टयाउने खेलमा छन्,’ नेता राईले भन्नुभयो, ‘अब जनता पछाडी हैन् अगाडी बढ्न चाहिरहेका छन् त्यसका लागि संबिधान संशोधन गरी थप राम्रो बनाउन चाहान्छन्।’ नेता राईले प्रचण्ड आफै धर्म, संस्कृति र पहिचान विरुद्ध अभियानमा लागेको आरोप लगाउनुभयो।
नेता राईले प्रचण्डको गतिविधि सत्ताका लागि कहिले एमाले कहिले काँग्रेससँग टाँसिएर विदेशीसँग लम्पसार पर्ने गरेको बताउनुभयो। अस्थीर सरकार रहँदा जनताका विकास प्रतिको तिव्र चाहाना पूरा हुन नसकेको बताउँदै उहाँले मिसन २०८४ एमालेका लागि तीनै तह वहुमतसहितको एकल नेतृत्वको सरकार हुने बताउनुभो।
नेता राईले वैचारिक र नीतिगत प्रष्टता एमालेसँग मात्र भएकोले यो देशको रक्षाको कवज एमाले मात्र भएको स्पष्ट पार्नुभयो। राईले स्थायी सरकारबाट मात्र देश समृद्धि हुने भएकाले ढुई ठुला पार्टी बीच २०८४ सम्मका लागि सत्तासमिकिरणमा भएको बताए। कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा उदयपुर इन्र्चाज मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य अम्बिका थापा, उदयपुर क्षेत्रनं २ का संघीय सांसद अम्बरबहादुर रायामाझीले बोल्नुभएको थियो।
तीन महिनासम्म सञ्चालित जरा केन्द्रीत अभियान टोल कमिटी गठन हुँदै व्यक्तिका घरघरमा पुगेर सदस्यता बिस्तार, जनसंगठन निर्माण, पुर्नगठन, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुने पालिका कमिटीका इन्र्चाज तथा कोशी प्रदेश कमिटीका सदस्य जिवन कार्कीले बताउनुभयो।
अभियानको मुख्य उदेश्य जनतालाई जागरुक बनाउने, संगठित बनाउने, विकास प्रति साझा धारणा बनाउने भएकाले प्रत्येक मतदाताको घरसम्म अभियान पुर्याईने पालिका कमिटीका अध्यक्ष ललित मगरले बताउनुभयो। अभियानकै अवसरमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले रौतामाई ७ स्थित गितामागी मठ भवन तथा सामुदायिक वृद्धाआश्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रममा रौतामाई गाउँपालिका ७ कोल्वोटेका नेकपा माओबादीका नेता टिकबहादुर मगर एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी रौतामाईका योजनासमेत योजना बैंकमा समेटिने गरी सार्वजानिक गरिएको छ।






प्रतिक्रिया