अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीबाट सुदूरपश्चिमकै ठूलो सभागृह उद्घाटन

प्रधानमन्त्री ओलीबाट सुदूरपश्चिमकै ठूलो सभागृह उद्घाटन


कैलाली-प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा रु.३२ करोड बढी लगानीमा निर्माण गरिएको सभागृह उद्घाटन गर्नुभएको छ।

संघीय सरकारको रु.३२ करोड २५ लाख ९७ हजार लगानीमा तीन वर्ष अघि नै निर्माण सम्पन्न गरिएको सभा गृहको आइतबार प्रधानमन्त्री ओलीले औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह उद्घाटनसँगै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७९ असार २४ गते निर्माण सकाएर ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो ।