अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जाजरकोटमा मध्यराति घरमा आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु

जाजरकोटमा मध्यराति घरमा आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु


जाजरकोट-जाजरकोटमा मध्यराति घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। कुशे गाउँपालिका–८ साँक्टका जनकबहादुर रोकायाको घरमा आइतबार राति आगो लाग्दा उहाँका १२ वर्षीय छोरा अमरबहादुर रोकायाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति १२ बजेको समयमा ६ कोठा भएको दुईतले कच्ची घरमा आलगाली भएको हो। 

घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

आगलागीमा परी जनक र उनकी आमा बिजुली समेत घाइते हुनुभएको छ। सात जनाको परिवार रहेको उक्त घरमा अरु सबैले भागेर ज्यान जोगाएका थिए। यस्तै तल्लो तलामा रहेका पशु चौपाय स्थानीयले उद्धार गरी बाहिर निकालेका थिए।

आगलागीबाट घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। घरसँगै घरभित्र भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, ८ आनाको सुनको तिलहरी र नगद एक लाख पच्चिस हजार रुपैयाँसमेत जली नष्ट भएको छ।

आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान ४ बजेको पूर्णरुपमा नियन्त्रणमा आएको छ।