अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको अध्यक्षमा एमाले निकट रेणुका सुवेदीको प्यानलै विजयी

संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको अध्यक्षमा एमाले निकट रेणुका सुवेदीको प्यानलै विजयी


काठमाडौं – संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको अध्यक्षमा नेकपा एमाले निकट रेणुका सुवेदी निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्वाचनमा सुवेदी नेतृत्वको प्यानल विजयी भएको हो । अध्यक्षमा सुवेदीले ९२ मत ल्याएर निर्वाचित हुनु भयो । अध्यक्षका अन्य उम्मेदवारहरू सरश्वती रिजालले ४७, अरुणकिशोर शर्माले ३५ र विष्णु खड्काले ३४ मत ल्याउनु भएको थियो ।
उपाध्यक्षमा सुवेदी प्यानलकै प्रविन राई एक सय ११ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी नवीनकुमार सिंहले ५५, जंगबहादुर मगरले ३७ मत प्राप्त गर्नु भएको छ ।

सचिवमा पवन महत निर्वाचित हुनु यो । महतले एक सय आठ मत प्राप्त गर्नु भएको छ । सचिवका उम्मेदवारहरू सदन राईले ५२, प्रवल पौडेलले ३१ र विनय चौरेलले १२ मत ल्याए । सहसचिवमा अनिशा ढकालले एक सय दुई मत ल्याएर विजयी हुनु भयो । ढकालका प्रतिस्पर्धी सरोजगोपाल डीसीले ५२ र रामप्रसाद सापकोटाले ४१ मत ल्याए । कोषाध्यक्षका उम्मेदवार सुरज पाण्डे एक सय मत ल्याएर विजयी हुनुभयो । यमुना सुवेदीले ६० र सकुन्तला भट्टले ३९ मत प्राप्त गरेका छन् ।

सदस्यमा डल्ले गुरुङ एक सय ४३, सानुकाजी महर्जन एक सय १२, निरज दाहाल एक सय चार, सन्तोषकुमार यादव एक सय २२, ज्योती साह ९९ र सुदाम सुवेदीले एक सय १६ मत ल्याएका छन् ।