अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त


काठमाडौं-वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिनुभयो।

उहाँको कार्यकाल दुई वर्षको हुनेछ। डा. शर्मा वीर अस्पतालमै कार्यरत थिए । कार्यकारी निर्देशकका लागि डा. शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको थियो। कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएपछि गत फागुन ४ गतेदेखि अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम थिए ।