काठमाडौं-प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कोसी प्रदेश ज्ञानको क्षेत्र भएको बताउनुभएको छ।
प्रधानमन्त्री ओली परापूर्वकालमा भगवानहरुलाई पढाउने ऋषि गुरुहरू भएको स्थल नै कोसी भएको बताउनुभएको छ। पूर्वाञ्चल विश्वविद्यालयको १३औ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्र भनेको ज्ञानको केन्द्र र गौरवको रहेको उल्लेख गर्नुभयो।
परापूर्वकाल त्रेता युगमा राम, सिता, दशरथ र शिवको युगको त्यो बेलादेखि नै यो ठाउँ शिक्षा दिक्षाकोलागि असाध्यै उर्वर ठाउँ भएको बताउनुभयो। ‘यही चतरामा विश्वामित्रका पुत्र सुश्रुतले शल्यक्रियाको विकास गरी उहाँ काशी जानु भएको थियो, प्रधानमन्त्रीले भन्नुभयो विश्वामित्रले कोसी तरेर राम र लक्ष्मणलाई शिक्षा दिन जानु भएको थियो।’
प्रधानमन्त्री ओलीले चतरा ऋषि मुनीहरूले भगवनाहरूलाई शिक्षा दीक्षा दिने गरेको ठाउँको रूपमा विकास गरेको बताउनुभएको छ।







प्रतिक्रिया