अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज तीन प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना

आज तीन प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना


काठमाडौं -हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिक बदलीदेखि मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ। अपराह्नपछि आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । 

‘मेघ गर्जन र चट्याङसहितको वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।