अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउछ: पूर्वराष्ट्रपति भण्डारी

होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउछ: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै फागुपूर्णिमालगायत पर्वले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने बताउनु भएको छ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा ९होली०को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ।’