अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

होलीमा उच्छृंखल गतिविधि गर्ने १२ जना पक्राउ

होलीमा उच्छृंखल गतिविधि गर्ने १२ जना पक्राउ


काठमाडौँ-काठमाडौँमा होली खेल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा होली खेल्नेक्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा आज बिहीबार १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा २ महिला र १० पुरुष छन्। इच्छा विपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पकनाजोलबाट २ महिला, न्युरोड ३ पुरुष, कोटेश्वरचोकबाट ४ पुरुष, सिंहदरबार पश्चिम गेटबाट २ पुरुष र साँखुमूलपानी क्षेत्रबाट १ पुरुषलाई नियन्त्रणमा पक्राउ परेका हुन्।  

त्यस्तै प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

होलीमा हुनसक्ने अवान्छित क्रियाकलाप नियन्त्रणका लागि भनेर ट्राफिक प्रहरीले काठमाडौँका चोकचोकमा जाँच गरिरहेको छ।