काठमाडौं-नेकपा एमाले पाँचथर-काठमाडौं सम्पर्क मञ्चले २०८१ चैत २ गते शनिवार ललितपुरको गोदावरीमा बृहत् वनभोज तथा भेटघाट कार्यक्रमको गर्न लागेको छ।
बृहत् वनभोज तथा भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी भएको एमाले पाँचथर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिनेश खतिवडाले जानकारी दिनुभयो। मञ्चका अध्यक्ष खतिवडाले भन्नुभयो, ‘एमाले पाँचथर-काठमाडौं सम्पर्क मञ्चले विगत वर्षहरुमा झैं यस वर्ष पनि २०८१ चैत २ गते शनिवार अर्थात् भोलि ललितपुरको गोदावरीमा बृहत् वनभोज तथा भेटघाट कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न लागेका छौं। वनभोज तथा भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।’
पाँचथर जिल्लाबाट काठमाडौँ आई विभिन्न पेसा, व्यवसाय गरी काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बस्नुहुने पार्टी सम्बद्ध एवं अन्य पार्टी सबैलाई समेट्ने अभिप्रायले २०८१ चैत २ गते शनिवार बृहत् वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष खतिवडाले बताउनुभयो।

चैत २ गते अर्थात् भोलि गोदावरीमामा आयोजना गरिने वनभोज कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राई प्रमुख अतिथि रहनुहुने मञ्चका अध्यक्ष खतिवडाले बताउनुभयो।
यसैगरी कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटिका नेताहरु, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, कोशी प्रदेश कमिटीका पदाधिकारी, पाँचथर जिल्ला कमिटीका नेताहरु, पाँचथर जिल्लाका प्रतिनिधिसभा सदस्यहरु तथा प्रदेशसभाका सदस्यहरु अन्य जिल्लाका नेता, कोशी प्रदेश सम्पर्क कमिटिका पदाधिकारी एवं सदस्यहरु, विभिन्न जनवर्गीय भातृ सङ्गठनका नेताहरु, कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरु, अन्य राजनीतिक दलका नेताहरु, नगरपालिका र पालिकाका जनप्रतिनिधिहरु, कोशी प्रदेशअन्तर्गतका सम्पर्क मञ्चका पदाधिकारी, पाँचथर-काठमाडौँ सम्पर्क मञ्चका सल्लाहकारहरु, पालिका तहको नेताहरु एवं सामाजसेवी, बुद्धिजीवि, व्यावसायी, कलाकार, शिक्षक, वकिल, पत्रकार, विद्यार्थी, कर्मचारी, मजदुर साथै बुवाआमा दिदीबहिनी, दाजुभाइ र एमाले शुभेच्छुक, शुभचिन्तकहरू सहभागी रहने अध्यक्ष खतिवडाले बताउनुभयो।
स्थानीय एवं राष्ट्रिय स्तरको कलाकारहरुमार्फत रचनात्मक एवं मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक प्रस्तुती हुने भएकोले बृहत् वनभोजमा सहभागी भइ भव्यता साथ सफल बनाइ दिनका निम्ति सम्पूर्ण महानुभावहरुलाई अध्यक्ष खतिवडाले हार्दिक अनुरोध गर्नुभएको छ।
यसैगरी नेकपा एमाले पार्टी सङ्गठनको सुदृढीकरण, विस्तार तथा पार्टी गतिविधिलाई थप क्रियाशील गर्ने; पाँचथरबासीहरुबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको पनि उहाँले बताउनुभयो।
प्रतिक्रिया