काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठक २०८१ चैत ४ गते बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।
सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।
प्रतिक्रिया