अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

डोल्पाको दुनैमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान

डोल्पाको दुनैमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान


डोल्पा-डोल्पाको सदरमुकाम दुनैमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  ब्याक टु लाइफ इ.भिको सहयोग र HRENDC मुगुको व्यवस्थापनमा जिल्ला अस्पताल डोल्पाको दुनैमा विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको नेतृत्वमा मुटुरोग, स्त्रीरोग, बालरोग, नाक-कान-घाँटी तथा आन्तरिक रोग सम्बन्धी विभिन्न परीक्षण तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको छ।

ब्याक टु लाइफ इ.भिको सहयोग र HRENDC मुगुको व्यवस्थापनमा जिल्ला अस्पताल दुनै डोल्पामा विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शिविरमा डाक्टरले निम्नानुसारको सेवा दिनुभएको छ

शिविरमा मुटुरोग डा. चन्द्रमणि अधिकारी, डा.अमृत बोगटी, डा. कृष्णचन्द्र अधिकारी,  डा. विजया घिमिरेले ४१९ जनाको निःशुल्क हृदय परीक्षण (इकोकार्डियोग्राम-२३० जना र ईसीजी ८५ जनासहित), उच्च रक्तचाप, मुटु रोग तथा छाती दुखाइसम्बन्धी परामर्श र उपचार उपचार गरिएको छ।

स्त्रीरोग (स्त्रीरोग विशेषज्ञ नेतृत्व र रेडियोलोजिस्टको सहकार्यमा) डा. इच्छाया उप्रेती र डा. कृष्ण प्रजनन स्वास्थ्य समस्याहरूको निदान तथा उपचार, पाठेघर खस्ने समस्याका लागि पेसेरी रिङ्ग राख्ने सेवा, परिवार नियोजन परामर्श, ४७५ जनालाई स्त्रीरोग सम्बन्धी परामर्श तथा USG (यूएसजी) भिडियो एक्सरे ३५२ जनाको गरिएको छ।

बालरोग (बालरोग विशेषज्ञको नेतृत्वमा) डा. रस्मिता श्रेष्ठ, डा. देविका खड्का दम, न्यूमोनिया जस्ता बालबालिकामा देखिने सामान्य रोगहरूको उपचार, बच्चाहरूको वृद्धिदर तथा विकास मूल्यांकन, अटिज्म स्पेक्ट्रम डिसअर्डर (ASD) तथा ADHD परीक्षण, २०३ जनालाई बालरोग सम्बन्धी परामर्श तथा उपचार गरिएको छ।

नाक, कान घाँटी (ENT) (नाक, कान घाँटी विशेषज्ञ/सर्जनको नेतृत्वमा) डा. अरुण केसीले ३४९ जनालाई कान,  नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाच तथा २० जना बिरामीको कानको शल्यक्रिया चैत ५ र ६ गते हुनेछ।

सामान्य/आन्तरिक रोग (MD फिजिसियन/आन्तरिक रोग विशेषज्ञको नेतृत्वमा) डा. करण रणवंशीले ५०३ जनालाई आन्तरिक रोगहरूको निदान, उपचार र रोकथाम, दीर्घकालीन तथा नसर्ने रोगहरूको उपचार, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोगहरूको उपचार, दम, न्यूमोनिया ब्रोंकाइटिस, पाचनप्रणाली सम्बन्धी समस्या समाधान, पेट दुखाइ तथा ग्यास्ट्राइटिस, कलेजो तथा आन्द्रासम्बन्धी समस्या, पाचन शक्ति कमजोर हुने समस्या संक्रामक तथा सामान्य रोगहरूको उपचार, तथा आवश्यक बिरामीको भिडियो एक्सरे पनि गरिएको छ।

शिविरमा १५९१ को सम्पुर्ण चेकजाँच तथा औषधि वितरण निशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो।