अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पूर्वविशिष्टलाई सुविधाको हल्लाको पछि नलागौं: उपप्रधानमन्त्री सिंह

पूर्वविशिष्टलाई सुविधाको हल्लाको पछि नलागौं: उपप्रधानमन्त्री सिंह


पाल्पा-उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पार्नुभयो।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उहाँको भनाइ छ। २०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याउनुभएको थियो।

अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पार्नुभएको हो । अहिले सरकारका विरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।