अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजस्व उठाएर खर्च धान्न सकस छ: अर्थमन्त्री पौडेल

राजस्व उठाएर खर्च धान्न सकस छ: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनु परेको बताउनुभएको छ।

प्रतिनिधि सभाको आज (आइतबार)को बैठकमा बोल्दै अर्थमन्त्री मन्त्री पौडेलले राजस्वले खर्च धान्न धौधौ भएको कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून बजेट विनियोजन गरिएको बताउनु भएको हो।

अर्थमन्त्री पौडेलले ३१ प्रतिशत राजस्व उठाउने लक्ष्य राखेको भए पनि अनिवार्य दायित्व अन्तर्गतका शीर्षकमा न्यून बजेट विनियोजन गरिएको बताउनु भयो। उहाँले यस्तो अवस्थामा बजेट निर्माणमा विलम्व गर्न नहुने बताउनु भयो। उहाँले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनुपर्ने अभिभारालाई गम्भीरतापूर्वक महसूस गर्नुपर्छ भन्ने मर्ममा उभिएर सरकारले संशोधन विधेयक अघि सारेको स्पष्ट पार्नुभयो।