काठमाडौं-रिटर्नी फेडेरेसन नेपालको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा एकराज उपाध्याय चयन हुनुभएको छ।
नेकपा एमालेको जनवर्गिय संगठन आज काठमाडौंको धुम्बाराहीमा सम्पन्न दोस्रो अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा उपाध्ययलाई चयन गरेको हो।
समितिको उपाध्यक्ष दुर्गादास श्रेष्ठ, महिला उपाध्यक्ष भगवती खतिवडा, सचिव विनोद कार्की, उपसचिव राजु श्रेष्ठ, उपसचिव रोशन कुमार ठकुरी र कोषाध्यक्ष होमप्रसाद लामिछाने चयन हुनुभएको छ।
यसैगरी सदस्यहरुमा प्रकाश घिमिरे , लेखराज ढकाल, बाबुराम केसी ,सुष्मा थापामगर, हीराचन श्रेष्ठ, जमुना घिमिरे, गुरुदत्त शर्मा, किरण राई, बासुदेव पोखरेल, सानोभाइ नेमा फुकी, भरतप्रसाद पौडेल, भरतराज घले ,विवेक सञ्जेल, बलराम सिञ्जाली, केशव थापा, लक्ष्मण गिरी, शेरबहादुर कार्की, अर्जुन प्रसाद इटनी, सुवास पुडासैनी, उद्धवप्रसाद पौडेल चयन भएका छन् ।
कार्यक्रममा प्रमुख आथिथि रिटर्नी फेडेरेसनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी तथा प्रमुख वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेशन ईन्चार्ज कृष्ण बहादुर केसी , नेकपा एमाले बाग्मती प्रदेश सचिव नवराज सिलवाललगायत पार्टी तथा रिटर्नी नेताहरुको आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिक्रिया