अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।

आज बस्ने सचिवालयको २६ औँ बैठकले समसामयिक राजनीतिक विषय र पार्टी संगठनात्मक कामका विभिन्न विषयमा निर्णय लिने नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

‘बैठकले समसामयिक राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण गरेर त्यसका सन्दर्भमा पार्टीले आफ्नो धारणा जारी गर्छ पहिलो, दोस्रो पार्टीको आन्तरिक संरचनात्मक कामहरूका बारेमा केही महत्त्वपूर्ण निर्णय लिन्छ, आजको बैठकका मुख्य दुईवटा एजेण्डा यिनै हुन्’, गौतमले भन्नुभयो।