अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल कमर्स क्याम्पसको स्ववियु सभापतिमा विशाल रोकाहाको टीम किन ?

नेपाल कमर्स क्याम्पसको स्ववियु सभापतिमा विशाल रोकाहाको टीम किन ?


काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा २०८१ चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ। यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।

यसै सन्दर्भमा, नेकपा एमालेनिकट अनेरास्ववियुले जित्दै आएको नेपाल कमर्स क्याम्पस मिनभवन, काठमाडौंमा यसपटक पनि विरासत कायम राख्न विशाल रोकाहा  अध्यक्षमा भिड्दै हुनुहुन्छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राजनीतिसँगै पढाइमा पनि अब्बल रहेका उदयपुरको उदयपुरगढी गाउँपालिका-५ का विशाल रोकाहाको नेतृत्वमा प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन्।

नेपाल कमर्स क्याम्पसलाई चुस्तदुरुस्त बनाउन, शैक्षिक गुणस्तर कायम गर्नका निम्ति टीमलाई मतदान गरी विजयी गराइ दिनका विशाल रोकाहाले हार्दिक अनुरोध गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘मुलुकले परिवर्तन र रूपान्तरण अनि विद्यार्थीले शिक्षामा गुणस्तर, शैक्षिक माफिया निर्मूल, अराजकताको अन्त्य चाहेको छ, जुन  कुरामा अनेरास्ववियुका जुझारु नेताहरूले सदैव  अग्रसर भएर लाग्दै आएको छ। त्यसैले नेपाल कमर्स क्याम्पस मिनभवन, क्याम्पसका टीमलाई मतदान गरी विजयी गराइ दिनका लागि सम्पूर्ण विद्यार्थीलाई हार्दिक अनुरोध गर्दछु।’

नेपाल कमर्स क्याम्पसलाई व्यवस्थापन संकायको उत्कृष्ट क्याम्पसको रूपमा विकास गर्ने तथा स्ववियु कोषलाई आम विद्यार्थीहरूको शैक्षिक उन्नतिका क्षेत्रमा चलायमान बनाउने योजना अघि सारेको स्ववियु सभापतिको उम्मेदवार विशाल रोकाहाले बताउनुभयो।

रोकाहाले नेपाल कमर्स क्याम्पसबाट बीबीएसमा सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए। रोकाहा हाल व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत छन्। पढाइ सँगसँगै उनी साहित्य सिर्जना, वाचन तथा कार्यक्रम सञ्चालनमा समेत सक्रिय छन्।

हाम्रो भोट काम गर्ने कर्मठ टीमलाई।

हाम्रो भोट अनेरास्ववियुलाई ।।

अघिल्लो कार्यकालमा उल्लेखनीय योगदान,

यसपालीको स्ववियु निर्वाचनमा विशाल रोकाहाको प्यानललाई मतदान गरौं ।।

विशाल रोकाहाको टीम किन ?