काठमाडौं-त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा २०८१ चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। यसै सन्दर्भमा, नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको पहलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तर्फबाट नेपाल कमर्स क्याम्पसका विशाल रोकाहाको टीमलाई आर्थिक सहयोग गरेको छ।
उक्त निवार्चनका लागि मैदानमा उत्रिएका विद्यार्थीहरुलाई केही राहत होस् भन्ने उद्देश्यले एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रीता थापा, कोशी प्रदेश सम्पर्क कमिटिका सदस्य एवं उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज सरोज थापासहितको टोलीले काठमाडौंको शंखमुलस्थित एक होटलमै पुगेर रोकाहाको टीमलाई रु.१ लाख ५ हजार पाँच सय आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

नेकपा एमालेनिकट अनेरास्ववियुले जित्दै आएको नेपाल कमर्स क्याम्पसमा यसपटक पनि विरासत कायम हाेस् भनेर उदयपुरको उदयपुरगढी गाउँपालिका-५ का विशाल रोकाहाको टीमलाई एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको पहलमा आर्थिक संकलन गरी रु.१ लाख ५ हजार पाँच सय सहयोग गरेको सम्पर्क मञ्च अध्यक्ष रिता थापाले जानकारी दिनुभयो।
आर्थिक सहयोग हस्तन्तरण गर्नका निम्ति कोशी प्रदेश सम्पर्क कमिटि सदस्य एवं एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज सराेज थापा, कोशी प्रदेश सम्पर्क कमिटिका सदस्य एवं सम्पर्क मञ्च निवर्तमान अध्यक्ष उमाकान्त चौधरी, सम्पर्क मञ्चका अध्यक्ष रिता थापा, सचिव होम डाँगी, मञ्चका सचिवालय सदस्य नेत्रराज राई, मञ्चका सदस्य दिपराज बस्नेत लगायत अन्य महानुभावहरु सहभागी हुनुहुन्थ्यो।
नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरे, सचिव सुरज काफ्ले, एमाले कोशी प्रदेश सम्पर्क कमिटिका पूर्व उपसिचव सिताराम अधिकारी, कोशी प्रदेश सम्पर्क कमिटिका पूर्व सदस्य पशुराम बस्नेत, कोशी प्रदेश सम्पर्क कमिटिका सदस्यहरु सरोज थापा र उमाकान्त चौधरी, कोशी प्रदेश कमिटीका पूर्व सदस्य सूर्य डाँगी, एमाले उदयपुर जिल्ला कमिटीका सदस्य खड्गराज कार्की, सम्पर्क मञ्चका सल्लाहकार परिषद्का सचिव खड्गराज खत्री, सम्पर्क मञ्चका अध्यक्ष रिता थापा, सचिव होम डाँगी, मञ्चका कोषाध्यक्ष गोपाल निरौला, मञ्चका सचिवालय सदस्यहरु नेत्रराज राई, सुब्बा बहादुर खड्का, मञ्चका सदस्यहरु दिपराज बस्नेत, सिताराम घिमिरे, सिताराम तिल्सिना साथै सन्जिव कार्की, रमाकान्त चौधरी, सुदन चौहान, घिमिरे, मनोज घिसिङ, विशाल न्यौपाने तथा विद्यार्थी नेता सन्जिव कार्कीले विशाल रोकाहाको टीमलाई आर्थिक सहयोग गर्नुभएको हो।

स्ववियु निर्वाचन २०८१ चैत ५ गते अर्थात भोलि हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको आङ्गिक क्याम्पस नेपाल कमर्श क्याम्पसमा एमाले निकट अनेरास्ववियुले विशाल रोकाहा अध्यक्षमा भिड्दै हुनुहुन्छ। राजनीतिसँगै पढाइमा पनि अब्बल रहेकाविशाल रोकाहाको नेतृत्वमा प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन्।
रोकाहाले नेपाल कमर्स क्याम्पसबाट बीबीएसमा सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए। रोकाहा हाल व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत छन्। स्नातक र स्नातकोत्तर तहमा उनी सधै क्याम्पसमा उत्कृष्ट हुँदै आएका छन् ।पढाइ सँगसँगै उनी साहित्य सिर्जना, वाचन तथा कार्यक्रम सञ्चालनमा समेत सक्रिय छन्।
प्रतिक्रिया