बझाङ-त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ गते (आज) गर्न लागेका देशभरका क्याम्पसमा हुने तयारी रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन बझाङमा भने तीन क्याम्पसमा मात्रै हुने भएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ। कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन बझाङमा भने तीन क्याम्पसमा मात्रै हुने भएको छ।
आज बिहान ८ बजेबाट हुने तयारी गरिएको स्ववियु निर्वाचनमा त्रिवेणी बहुमुखी क्याम्पस, बझाङदीप बहुमुखी क्याम्पस र सुनकुडा बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो ।
छविसपाथिभेरा गाउँपालिकामा रहेका सेती बहुमुखी क्याम्पस बगडगाउँ र शान्ति आदर्श बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
निर्वाचनको प्रक्रिया सबै अगाडि बढाइएका अन्य क्याम्पसहरूमा भने विद्यार्थीको भर्नादर कम रहेका कारण निर्वाचन रोकिएको हो।
आज निर्वाचन हुने तीन क्याम्पसमा एमाले निकट अनेरास्ववियु, काँग्रेस निकट नेविसंघ,नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियु, विप्लव माओवादीनिकटको अखिल समाजवादी र माओवादी निकट अखिल क्रान्तिकारी गरी पाँच विद्यार्थी संगठन चुनावमा होमिएका छन् ।
प्रतिक्रिया