अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए

सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए


काठमाडौँ-प्रहरीले रु.२० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन। 

 ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो। रासस